इटहरीः शिवम सिमेन्टले ‘लक्ष्मी हातमा, देवदर्शन शिवमको साथमा’ योजनाको अन्तिम चरणसम्ममा थप २ सय २ जनालाई हेलिकप्टरबाट गोसाइँकुण्ड दर्शन गराउने भएको छ । इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत् थप विजेता घोषणा गरिएको हो ।
अन्तिम चरणका १ सय १ भाग्यशाली कुपन विजेतामार्फत् २ सय २ जनालाई गोसाइँकुण्ड लैजाने बताइएको हो । एउटा कुपनमार्फत् २ जनालाई विजेता घोषणा गरिएको हो ।
यसभन्दा अगाडि काठमाडौ, हेटौंडा, जनकपुर र पोखरामा भएको लक्की ड्र मार्फत् ४ सय ८२ जनालाई गोसाइँकुण्ड भ्रमण गराइसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
शिवम शिमेन्टले गत पुस ५ गतेदेखि लक्की ड्र कार्यक्रम लागू गरेको जनाएको छ । त्यसअन्तर्गत ग्राहकले हरेक १० बोराको खरिदमा स्क्र्याच कुपन राखेको र त्यसैमा १ रुपैयाँदेखि सय देखि १ हजार रुपैयाँसम्म नगद, २ दशमलव ५ देखि १० ग्रामसम्म सुन पाएका थिए । सोही स्क्र्याच कुपनको अर्धकट्टीबाट लक्की ड्र गरिएको शिवम सिमेन्टका सिनियर ब्रान्ड म्यानेजर केशव अर्यालले जानकारी दिए ।