बेलबारी: प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी विश्व विद्यालय खोल्ने तयारीमा सरकार रहेको बताएका छन् । आइतबार मोरङको उर्लाबारीमा मदन भण्डारी प्रतिष्ठानको रजत वर्ष तथा अठारौँ साधारणशभाको उद्घाटन गर्दै जननेता भण्डारीले देखाएको बाटोमा अहिलेको सरकार रहेको बताएका हुन् । उनले यही वर्ष उक्त विश्वविद्यालय खोलिने समेत बताए ।
नेपालमा भएका सङ्घ सस्थाहरुमा अपारदर्शिताको कुराहरू आउन थालेको भन्दै ओलीले बेलैमा संस्था पादर्शि बनाउन समेत निर्देशन दिए । शनिवार सम्पन्न लगानी सम्मेलन सफल भएको समेत उनले बताए । लगानी सम्मेलनका विषयमा थोरै बोलका प्रधानमन्त्री ओलीले चाडै युवा सम्मेलन गर्ने समेत बताए ।
उनले व्यावसायिक र सफल युवाहरूलाई बोलाएर सम्मेलन गर्ने बताए । प्रतिपक्षी दलको विरोध भने उनले गरेनन् । नबुझी विरोध गर्ने धेरै रहेको भन्दै त्यस्तालाई बुझाउनै गाह्रो हुने उनले बताए । प्रधानमन्त्री ओलीले भने ‘त्यस्ताले विरोध भन्दा अरू गर्दा जान्दैनन् ।’