झापाः झापाको भद्रपुर नगरपालिका–३ मा बाटो खन्न प्रयोग गरिएको जेसीबीले किचेर सोही जेसीबीका सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सहचालक मेचीनगर नगरपालिका–१४ का २० वर्षीय विक्रम राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार राति बा १ क ५३७६ नं को जेसीबीले बाटोमा रहेको तेलको ड्रम उठाउने क्रममा मेसिनको अगाडिको भागले टाउकोमा थिच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेसीबी बुद्धशान्ति गाउँपालिका–२ का कुमार भट्टराईको भएको र जेसीबी चालक फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।