ओखलढुङ्गाः ओखलढुङ्गामा स्कार्पिओ जीप दुर्घटनामा ज्यान गुमाएका सबै ७ जनाको सनाखत भएको छ । आज दिउँसो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजिकै भडारे खोलामा स्कार्पियो दुर्घटनामा ज्यान गुमाएका सबै ७ जनाको सनाखत भएको हो ।
दुर्घटनामा ताप्लेजुङको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङको फक्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङ सेर्तुङ शेर्पा, सोही ठाउँका ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।
उनका अनुसार सोलुखुम्बुको जुनबँेसी गुम्बाबाट पूजापाठ गरेर काठमाडाँै फर्कंदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को जीप दुर्घटनामा परेको थियो । जीप सडकबाट करीब २ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।