इटहरीः मोरङको सुन्दरहरैचामा जन्मिएकी पत्रकार रोशा बस्नेत सगरमाथा चढेपछि आफ्नै गृहनगरमा सम्मानित भएकी छिन् । उनले सगरमाथा चुचुरोमा सुन्दरहरैंचाको नक्सा समेत पु¥याएकी थिइन् ।
८८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरी मोरङ जिल्ला तथा सुन्दरहरैँचा नगरपालिकाको नक्सालाई चुचुरोबाट फहराएकी बस्नेतले देखाएको अदम्य साहसको प्रशंसा गर्दै सुन्दरहरैँचाका नगरप्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मानपत्रले सम्मान गरेका थिए ।
नगरप्रमुख ढकालले भने, ‘प्रदेश नं. १ कै गौरव तथा गरिमाको रूपमा रहेको सगरमाथाको यसै नगरकी चेली रोशा बस्नेतले सफल आरोहण गरेकाले आफू लगायत सम्पूर्ण नगरवासी गौरवान्वित भएका छौं । साथै नगरको गरिमा र पहिचान पनि थप उच्च भएको छ ।”
यसै गरी नगरकार्यपालिका सदस्य भक्तकिरण राईले बस्नेत आरोहणमा जानु अघि गर्विलो पहाड चढ्दैछौँ बोलको गित गाएर बिदाइ गरेको स्मरण गर्दै आफूले गाएको गीतलाई सार्थक बनाएकोमा हर्ष व्यक्त गरे ।
सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै महिला सशक्तिकरण र युवा जागरणको क्षेत्रमा समेत कार्य गर्ने इच्छा व्यक्त गरिन् । साथै, सगरमाथाबाट ल्याएको एक सानो पत्थर र नगरपालिकाबाट आरोहणमा जानु अघि बस्नेतलाई दिइएको झण्डा तथा चुचुरोमा फहराइएको नगरपालिकाको नक्सा कोसेलीस्वरूप नगरप्रमुखलाई हस्तान्तरण गरिन् ।
सम्मान कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकका जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, नागरिक समाज, विभिन्न संघ÷संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
यसअघि अघिल्लो साता बस्नेतलाई उनले अध्ययन गरेको सुकुना उच्च माध्यमिक विद्यालयले सम्मान गरेको थियो
बस्नेतसँगै पाँच जना महिला पत्रकारले गत जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेका थिए । पत्रकार महासंघको ब्यानरमा सगरमाथा आरोहण गरेका महिला पत्रकारहरूको आरोहणको मूल नारा ‘समानताको लागि बुलन्द आवाज’ भन्ने थियो ।