बेलबारीः उत्कृष्ट साझेदारी गर्न सफल भएको भन्दै बेलबारी नगरपालिका सम्मानित भएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको उपहार ऋण कार्यक्रममा उत्कृष्ट साझेदारीमा सहयोग पु¥याएको भन्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

बेलबारी नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न क्षेत्रमा प्राविधिकहरू पढाइरहेको छ । ३४ जना गरीब तथा जेहेन्दार छात्रछात्रालाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीसँगको सहकार्यमा नगरपालिकाले पढाइरहेको छ ।

नगरपालिकाले सीएमए, अनमी, सिभिल सब ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (बाली विज्ञान), कृषि डिप्लोमा (पशु विज्ञान), सामान्य चिकित्सा प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा इन सिभिललगायतका विषयको पठनपाठन गराइरहेको छ । नगरपालिकाले शैक्षिक ऋण उपहार कार्यक्रम नै ल्याएर पठनपाठन गराइरहेको छ । दक्ष जनशक्ति उत्पादन गर्नका लागि विद्यार्थीलाई लगानी गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । आर्थिक अभावमा बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानसँगको सहकार्यमा कोषको स्थापना गरिएको मेयर सुवेदीले बताए ।

पठनपाठनका लागि नगरपालिकाले १० लाखको कोष स्थापना गरेको छ । नगरपालिकाको सिफारिशमा अध्ययन गर्ने विद्यार्थीले कोर्स सकिएपछि प्रतिष्ठानमै काम गरेर शैक्षिक ऋण तिर्नुपर्छ ।