इटहरीः सुन्दरहरैंचास्थित इटहरी इन्टरनेशनल कलेजमा गायक दीपक बज्राचार्यको कार्यक्रम हुने भएको छ । हरेक वर्ष आयोजना हुने स्प्रिङ कार्निभल अन्तर्गत दीपक बज्राचार्य साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिन लागेको कलेजले जनाएको छ ।
यही चैत २६ गते आयोजना हुने उक्त कार्यक्रममा इटहरी इन्टरनेशनल कलेजका साथै विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थीको पनि प्रस्तुति रहने जनाइएको छ । कार्निभलमा खानाका स्टल, विभिन्न खेल साथै साङ्गीतिक मनोरञ्जन लगायतका कार्यक्रम हुने पनि कलेजले जनाएको छ ।