पाँचथरः पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा फिदिम आएका छन् । आज साँझ छ बजे शाह फिदिम आएका हुन् । उनको समर्थनमा फिदिममा नाराजुलुस सहित स्वागत र्याली निकालिएको छ ।

फिदिम आएर शाह होटल मनस्वीमा बसेका छन् । भोलि बिहान फिदिमवासीसँग उनले गर्ने कार्यक्रम छ । त्यसपछि सुम्हालुङ मन्दिरको दर्शनका लागि जाने तयारी रहेको राजा ल्याउने कार्यमा सक्रिय मदन पोख्रेलले बताए । नागरिकसँगको कुराकानी र सुम्हालुङ दर्शनका लागि मात्रै पूर्व राजा फिदिम आएका बताइएको छ ।

भोलि बिहान मनस्वी होटलबाट फिदिम बजारको आहालगैरीसम्म पैदल यात्रा गर्ने र त्यसपछि सुम्हात्लुङ मन्दिरसम्म गाडीमा पुग्ने कार्यक्रम छ । पैदल यात्राका क्रममा शाहले फिदिमका नागरिकसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ ।
raja (1)