ताप्लेजुङः फुरुम्बो पालुङ्वा वंशको प्रथम अन्तर्राष्ट्रिय भेला तथा केन्द्रीय अधिवेशन ताप्लेजुङमा सम्पन्न भएको छ । फुरुम्बो पालुङ्वा वंशलाई एकताको सूत्रमा बाँध्दै आर्थिक, सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यसहित अधिवेशन भएको बताइएको छ ।
अधिवेशनको उद्घाटनअघि सदरमुकाम फुङलिङमा र्यालीसमेत निकालिएको थियो । अधिवेशनका क्रममा फुरुम्बो पालुङ्वा वंशावलीको पुनर्लेखन गर्ने निर्णय भएको छ । त्यस्तै, ८० वर्ष माथिका ज्येष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका फुरुम्बो पालुङ्वाहरूको उपस्थिति थियो ।