ताप्लेजुङः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा ट्याक्टरले किचेर एक जनाको ज्यान गएको छ ।
दोभान बजारबाट निर्माण सामग्री लिएर मेरिङदेन–५ स्थित ओरकतर्फ जाँदै गरेको मे १ त ५८४५ नम्बरको ट्याक्टरले किच्दा स्थानीय ३५ वर्षीय आइवीर चोङवाङ लिम्बूको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोमबार ट्याक्टरबाट ओर्लने क्रममा लिम्बूलार्ई सोही ट्याक्टरले किचेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।