पाँचथरः पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा फिदिम आएका पूर्व राजा ज्ञानेन्द्र शाहले पाँचथरको प्रसिद्ध तीर्थस्थल सुम्हात्लुङ मन्दिरमा पूुजा गरेका छन् ।
मङ्गलबार समर्थकसहित मन्दिर पुगेका शाहले मन्दिरमा पूजा गर्नुका साथै किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको शालिकमा माला अर्पण गरेका छन् । शाह बसेको होटल बाहिर करिब एक सय मिटर कार्पेट ओछ्याइएको थियो । फिदिमस्थित बुद्धमार्र्गमा रहेको मनस्वी होटलबाट पैदलै करिब आधा किलोमिटर हिँडेका शाहले नगरवासीसँग भेटेका थिए ।
कुनै पनि संवाद नगरी पूmलगुच्छा लिएका शाहले उनका सहयोगीमार्फत् सुम्हात्लुङको ऐतिहासिकताका बारेमा जानकारी लिएका थिए । सगुनसुन्दर लावतीमार्फत् शाहले त्यहाँको विवरण लिएका थिए ।
सोमबार अपराह्न फिदिम आएका शाहले मन्दिरको बारेमा जानकारी लिनेबाहेक कसैसँग पनि कुनै विषयमा कुराकानी गरेनन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको तयारी गरेको बताइए पनि त्यो उनले सञ्चारकर्मीसँग पनि कुराकानी गरेनन् ।