ईटहरीः सुनसरीबासी गुरूङ् समुदायले एक भब्य समारोहको आयोजना गरी तमु एकता दिवश मनाएका छन् । ईटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा गुरुङ् गुम्बामा आयोजित उक्त कार्यक्रममा सुनसरी जिल्लाका बिभिन्न स्थानमा बसोबास गर्ने गुरूङ समुदायको उपस्थिति थियो ।
तमुह्युल छोंज धीं गुरुङ् राष्ट्रिय परिषद सुनसरी जिल्ला कार्यसमितिको आयोजना सम्पन्न उक्त कार्यक्रममा प्रदेश नम्बर १ माननिय सभासद अमिरबाबु काजी गुरुङ्ले प्रमुख अतिथिको आशन ग्रहण गर्नुभएको थियो भने तमुह्यल छोंज धीं गुरुङ् राष्ट्रिय परिषद् केन्द्रिय सहसचिव खम्बासिंह गुरुङ्गले बिशिष्ट अतिथीको आशन ग्रहण गर्नुका साथै केन्द्रिय सदश्य प्रदेश सचिव नगर अध्यक्ष ईकाई अध्यक्षहरु लगायत अन्य अतिथिहरुले अतिथिको आशन ग्रहण गरेका थिए ।
सुनसरी जिल्ला अध्यक्ष बकसमान गुरुङले अध्यक्षता गरेकाे उक्त कार्यक्रममा तरहराका गुरुङ् बालबालिकाले गुरूङ् भाषाका गित तथा नृत्यहरु प्रस्तुत गर्नुका साथै बिभिन्न बक्ताहरुले शुभकामना मन्तब्य सहित आफ्नो रायहरु ब्यक्त गरेका थिए ।
मन्तब्यको क्रममा माननिय सभासद् अमिरबाबु काजी गुरुङ्ले प्रदेश नम्बर एकलाई मुलुककै नम्बर एक प्रदेश बनाउने अभियानमा प्रदेश सरकार युध्दस्तर लागी परेको र सरकारको कामकारवाही सफल र सबल तरिकाले अघि बढाउने बताए । उनले सबैभन्दा पहिले स्पस्ट कानुन ,निति , नियम र योजना हुनु पर्ने भएकोले प्रथम चरण कानुन बनाउन लागी परेको बताए ।
उनले अहिले एक नम्बर प्रदेशले ३४ वटा कानुन बनाईसकेको र बिकास निर्माणका लागी ३६ अर्ब बजेट बिनियोजन गरिसकेको जानकारी दिए ।
गुम्बाका सचिव सिताराम गुरुङ्ले देश भरीका सम्पुर्ण गुरुङ् समुदाय अघि बढ्न तमु एकता अनिबार्य छ भन्ने राय ब्यक्त गरेका थिए । मन्तब्यकै क्रममा तमुस्योह्युल छोंज धी गुरुङ् महिला राष्ट्रिय परिषद सुनसरी अध्यक्ष बिष्णु माया गुरुङ्ले सम्पुर्ण गुरुङ् समुदाय पछि पर्नुको कारण अल्छि बनेर बस्नु ,शिक्षालाई महत्व नदिनु र बिदेश मोहमा पर्नु मुख्य कारण हो भन्दै सबै गुरुङ् समुदायले शिक्षालाई महत्व दिनु अति आवश्यक रहेको बताइन ।
बिशिष्ट अतिथिको मन्तब्यको क्रममा केन्द्रिय सहसचिव खम्बासिंह गुरुले नेपालमा सर्बप्रथम सहकारी भित्राउने बखानसिंह गुरुङ लगायत राष्ट्र एकिकरणमा योगदान दिने गुरुङ बिर योद्धाहरु प्रथम सहिद सुकदेव गुरुङ् ब्याबसायी मिन बहादुर गुरुङ् प्रथम नेपाली महिला प्राज्ञ तोया गुरुङ् आदिको उदाहरण दिदै गुरुङ् समुदाय कुनै पक्षमा कमजोर नरहेको तर राष्ट्रको बिशिष्ट स्थानमा स्थान नपाउनु गुरुङ्हरुले राजनिति नबुझ्नु नै मुख्य कारण रहेको बताए ।
सबैलाई राजनिति चासो लिनु अति जरुरी रहेको समेत बताए । तमुह्युल छोजधीं गुरुङ् राष्ट्रिय परिषद सुनसरीका सचिब धिरज गुरुङ्ले संचालन गरेकाे उक्त कार्यक्रममा कलाकारहरुलाई सम्मान र प्रमुख अतिथि बिशिष्ट अतिथिलाई मायाको चिनो हस्तान्तरण, गुरुङ् भाषाको खेमा लिपी प्रशिक्षणमा सहभागीहरुलाई सम्मान गरिनुका साथै सस्थाकी कोषाध्यक्ष टंक कुमारी गुरुङ्ले सस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेक थिइन । गुम्बा अध्यक्ष होम बहादुर गुरुङ्ले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।