धनकुटा: नेपाल नेत्रज्योति सङ्घको १ नम्बर प्रदेशको अध्यक्षमा श्यामसुन्दर उदास चयन भएका छन् । सोमबार सम्पन्न सङ्घको प्रदेशस्तरीय भेलाले सङ्घको १ नम्बर प्रदेश कार्य तदर्थ समितिको अध्यक्षमा सङ्घकन सङ्खुवासभा सभापति श्यामसुन्दर उदासलाई चयन गरेको सङ्घका प्रचार समितिका संयोजक विजयसन्तोषी राईले बताए ।
प्रदेश समितिमा सबै जिल्ला शाखाको सिफारिशमा एक÷एक जना सदस्यमा प्रतिनिधित्व हुने गरी समिति बनाइने प्रदेश सम्मेलन संयोजक नेपाल नेत्रज्योति सङ्घ धनकुटाका अध्यक्ष दोर्ण गुरागाईले बताए । सङ्घीय सांसद राजेन्द्र राईले प्रदेशस्तरीय प्रथम भेला उद्घाटन गर्दै प्रदेशभर अन्धोपन निवारण गर्न सङ्घले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्रले देशभर नै सङ्घले अन्धोपन निवारण गर्न विशेष कार्यक्रमका साथ आँखा उपचार अभियान सञ्चालन गर्ने बताए । कार्यक्रममा १ नम्बर प्रदेशका सङ्घका जिल्ला अध्यक्षहरूले जिल्लाको प्रगति प्रतिवेदन र समस्या प्रस्तुत गरेका थिए ।