बेलबारीः भुस्याहा कुकुरको आक्रमणबाट उत्तरी मोरङमा डेढ हप्तामा २ वटा कुकुरको मृत्यु भएको छ ।
लेटाङमा रहेको हरियाली सामुदायिक वनमा वयस्क पोथी हरिणलाई कुकुरले लखेट्दै ल्याएको देखेपछि स्थानीयले हरिणलाई नियन्त्रणमा लिएका थिए । हरिणको उपचार गरिए पनि कुकुरको आक्रमणबाट घाइते भएको सो हरिणको मृत्यु भएको हो । १० दिन अघि पनि एक भाले हरिणको कुकुरको टोकाइबाट मृत्यु भएको थियो ।
जङ्गलमा चराउन लगिएका बाख्रा पनि कुकुरको निशानामा पर्न थालेपछि स्थानीयले अहिले जङ्गलमा बाख्रा चराउन पनि छाडेका छन् । जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले स्थानीय सरकारसँग छलफल गरेर कुकुर नियन्त्रण अभियान थाल्ने जानकारी दिएका छन् ।