बेलबारीः बेलबारी नगरपालिकाले वडा नम्बर ६ का किसानलाई लक्षित गरी ६ वटा डिप बोरिङ वितरण गरेको जनाएको छ ।

खेती गर्ने समयमा पानीको अभाव हुन नदिनका लागि वडा तथा नगरको बजेटबाट सो डिप बोरिङ वितरण गरिएको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सिँचाइबाट वञ्चित किसानलाई खेती गर्न सहज होस् भनेर डिप बोरिङ वितरण गरिएको वडाध्यक्ष उदयबहादुर राई (राजु)ले बताए ।

बेलबारी नगरपालिकाले सुख्खाग्रस्त क्षेत्रको पहिचान गरेर अन्य किसानलाई समेत राहतस्वरूप डिप बोेरिङ उपलब्ध गराउने मेयर सुवेदीले बताए । नगरपालिकाले बिउ र मलको पनि व्यवस्थापन गर्ने मेयर सुवेदीले बताए ।