बेलबारीः बेलबारी–८ का कमल पोख्रेललाई गत वर्ष धान खेती गर्न हम्मे प¥यो । बिउ राख्दादेखि पछिसम्म नै नहर टाल्दै पानी लगाउनुप¥यो ।
‘सुख्खा याममा खोलामा पानी नै हँुदैन थियो । बर्खामा भेल बाढीले सबै बगाएर लगिहाल्थ्यो । उब्जाभन्दा बढी खर्च भयो । मुहान र नहर टाल्दाटाल्दै हैरान भइयो’, उनले भने, ‘यो वर्षदेखि मात्रै खेती गरौँगराँै लाग्न थाल्यो ।’
उनीजस्तै जस्तै धेरै किसानले पानी पार्देऊ भगवान भन्दै पूजा गरेर खेती गर्ने गरेका थिए । मठ मन्दिरमा गएर धेरै किसानले पूजापाठ नै गर्ने गरेका थिए ।
मोरङको बेलबारी वडा नम्बर १० को मटिगाउँ कुइरी खोलामा ४ सय ७५ मिटरको लामो बाँध निर्माण गरिएपछि किसान खुशी भएका छन् । नहर भत्किएर आकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि राहत पुगेको छ । एशियाली विकास बैंकको ३ करोड ९० लाखमा निर्माण गरिएको बाँधबाट ३ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने निर्माण समितिका अध्यक्ष धर्मेन्द्र लिम्बूले बताए ।
पृथ्वी इन्जिनियर्स एन्ड विल्डर कन्ट्रक्सनले निर्माण गरेको उक्त नहर तयारीको अन्तिम चरणमा पुगेको निर्माण समतिका अध्यक्ष धर्मेन्द्र लिम्बूले बताए । सो नहर सञ्चालनमा आएपछि बेलबारी नगरपालिकाका किसानलाई खेती गर्न सहज हुने उनले बताए ।
‘सुख्खा मौसममा खोलामा पानीको बहाब कम हुन्छ’, अध्यक्ष लिम्बूले भने, ‘बाँध उठाएर पानी जम्मा गरेर नहरमा पानी जाने वातावरण बनाउँदै छौँ ।’ सो नहरको निर्माणसँगै बेलबारीका दक्षिणी क्षेत्रका किसानले सिँचाइमा राहत पाउनेछन् ।