सङ्खुवासभाः सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–३ मिर्गेगौंडामा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।
आज स १ त ६५९२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धनकुटाको चौबिसे गाउँपालिका–३ का चालक २० वर्षीय सुरेन मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिए ।
प्रहरीका अनुसार अर्को सवारीलाई ‘साइड दिने’ क्रममा दुर्घटना भएको हो । ट्याक्टर अरुण नदीमा खसेको बताइएको छ । मगरका अनुसार ट्याक्टर पानीमा डुबेको छ भने चालकको अवस्था अज्ञात रहेको छ । गत वर्ष समेत सो क्षेत्रमा ट्याक्सी दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल सहित ६ जनाको ज्यान गएको थियो ।