इनरुवाः सुनसरीको हरिनगर गाउँपालिकाको वडा नम्बर १ भुटाहामा छुवाछुतविरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा नम्बर १ को कार्यालयको सहयोग र नेपाल वेलफेयर सोसाइटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । जातीय भेदभावविरुद्ध आवाज उठाउने र समुदायमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष मोजमिल अहमद अन्सारीले बताए । कार्यक्रममा वडा नम्बर १ भुटाहाबाट ४५ जना सहभागी भएका थिए ।