इटहरीः इटहरीमा रहेर सरसफाइकाे क्षेत्रमा सक्रिय संस्था बुल्स इलेभेन क्लबले वार्षिक उत्सव कार्यक्रममा इटहरी क्षेत्रका तीन व्यक्तीलाइ सम्मानित गरेकेा छ । साेमवार एक कार्यक्रमकाे अायाेजना गरि सँस्थाले फुटवलकाे क्षेत्रमा परिचित नाम सुरेन्द्र तामाङ, संगीत क्षेत्रका नक्षेत्रकाे रूपमा उदाइरहेका प्रितम अाचार्य र अग्रज युवा व्यवसायी तथा समाजसेवी विनाेद अधिकारीलाइ सम्मान गरेकाे हाे ।
उनिहरलाइ कार्यक्रमकाे प्रमुख अतिथि रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चाैधरीले सम्मान पत्र वितरण गरेका थिए । प्रितम सारेगम लिटिल च्याम्का लागि भारतमै रहेका हुँदा उनकाे सम्मान अामाले ग्रहण गरेकी थिइन् ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले युवाहरूकाे कार्यले धेरैलाइ प्रेरणा मिलेकाे बताए । अाफुले बुल्स् इलेभेन क्लबकाे कामलाइ नजिकबाट नियालिरहेकाे भन्दै अझै समाजका लागि अावश्यक कार्य गर्न थप हाैसला प्रदान गरे । उनले भने क्लबका सदस्यलार्इ याे दृढता कायम रहिरहाेस, नगरपालिकाकाे तर्फबाट सहयाेग गर्न तयार छाैँ ।
अर्का अतिथि एवंम नेपाली काँग्रेस इटहरी नगर सभापती हेमकर्ण पाैडेलले अाफ्नाे लागि मात्र कुदिरहने अहिलेकाे समाजमा अरूका लागि पनि साेचेर हिड्नु अनुकरणीय कार्य रहेकाे बताए । उनले सस्ताे मुल्यमा युवा शक्ती विदेश पलायन भइरहेकाे हुँदा सबै खाले युवालाइ समेटेर समाज सेवामा लगाउनु सामान्य कार्य नभएकाे तर्क गरे ।
इटहरी उद्याेग वाणिज्य संघका कार्यवहाक अध्यक्ष शैलेस विष्टले सामाजिक क्षेत्रमा अग्रणि संस्थालाइ अाफुले भाैतिक एवंम अार्थिक सहयाेग गर्न तत्पर रहने बताए ।अर्का अतिथि तथा इटहरी वडा नम्बर ६ का अध्यक्ष दीपक गाैतमले सरसफाइ देखि ड्रक्स फ्रि साेसाइटी बनाउने बारेमा बुल्स इलेभेन क्लबले गरेकाे कार्य उदाहरणीय रहेकाे बताए ।
संस्थाका उपाध्यक्ष हेमसागर निराैलाले अाउने दिनमा पनि अघै शसक्त भएर लागि पर्ने बताए । अध्यक्ष पुर्ण राइले समाज सुधारका लागि सानाे प्रयास भए पनि जारी राख्ने प्रतिबधता व्यक्त गरे । उनले कुनै राजनीति तह भन्दा माथि उठेर सबेका लागि काम गर्ने प्रयासलाइ निरन्तरता दिने बचन दिए ।
उनले अाउने दिनमा निस्वार्थढंगले सफाइकाे काममा लाग्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।