विराटनगरः विराटनगरमा रहेर सक्रिय पत्रकारितामा रहेका पत्रकार सुमन सुस्केरा साेमवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राइबाट सम्मानित भएका छन् । उनलाइ राइले कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार मार्फत सम्मानित गरेका हुन् । उक्त कार्यक्रम प्रेस चौतारी र प्रेस सेन्टरले  कार्यक्रमको आयोजना गरेकाे थियाे ।

विगत १५ बर्षदेखि रेडियोलाई पत्रकारीताको माध्याम बनाउँदै आएका सुस्केरालाई यस बर्षको सिग्देल पत्रकारिता पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष बिक्रम लुईटेलले बताए ।

२०६० सालमा कपिलवस्तुबाट पत्रकारिता शुरु गरेका सुस्केरा लोकान्तर, उज्यालो र आवर विराटनगर डट नेटमा समेत कार्यरत छन् ।

उनलाइ उपलब्ध गराईएको पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँको रहेको छ । पुरस्कार सबै क्षेत्रका पत्रकारहरुलाई छनौट गरी बितरण गर्दै आएका चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।