फाइल तस्बिर
विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी नयाँ वर्षको आगमनसँगै टुङ्गिने बताएका छन् । विराटनगरमा कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै राईले प्रदेशको नामकरण र राजधानी नयाँ सालकाे शरूवातमा सकिने बताएका हुन् ।
उनले राजधानीको बिषय टुङ्गिने बितिकै धेरै बिषयहरु थप वलियो भएर जाने स्पष्ट पारे । प्रदेशको नाम र राजधानीको बिषय अहिले देख्दा लम्बिएको देखिएपनि यो बिषय टुङ्गिने बितिकै निर्माणको कामले पनि गतिलिने राईको भनाई छ ।
उनले अहिले प्रदेश सरकार योजनाबद्ध विकासको थालनीको क्रममा अगाडि बढेको स्मरण गराउँदै आवधिक योजना निर्माणको काम बैशाख १५ सम्ममा सकेर प्रदेशको परियोजना बैंकको तयारीमा रहेको बताए ।
उनले परियोजना बैंक संचालका लागि संघीय सरकारको अनुमतीमा स्वीस सकारसँग मिलेर परियोजनाको संभाब्यता अध्ययत थालनी गरिने बताए ।
‘पहिलो याेजना बैंकको अबधारणासँगै प्रदेश सरकार कानुन नीति निर्माणमा अघि बढ्छ', मुख्यमन्त्री राईले भने, 'त्यस लगतै प्रदेशमा लगानी सम्मेलनको आयोजना गरी प्रदेशलाई समृद्धिको बाटो खुल्छ ।’
उनले अहिले पनि प्रदेश सरकार अन्धाधुन्ध नहिँडेको स्मरण गर्दै एउटा बाटो निर्माणको लागि आधार तय गरेर मात्र प्रदेश सरकार अगाडी बढ्ने क्रममा रहेको जानकारी दिए ।