बेलबारीः बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी ‘जनतासँग मेयर’ नाम दिएर गाउँगाउँमा जान थालेका छन् । विकास निर्माणदेखि नगरवासीको जीवनस्तरको अबस्था बुझ्न बस्तीमा जान थालेको उनले बताए ।
बेलबारीको वडा नम्बर ६ मा रहको मुसहर बस्तीमा पुगेर मेयर सुवेदीले उनीहरूको रहनसहन धर्म संस्कृति आर्थिक अवस्था बुझ्ने गरेका हुन् । सो बस्तीका अधिकांश घरमा पुगेर उनले बस्तीका बासिन्दालाई नगरमा आएर आयआर्जनसम्बन्धी सीप लिनका लागि अनुरोध पनि गरेका छन् ।
पठनपाठन गर्नबाट वञ्चित बालबालिकालाई विद्यालय पठाउनसमेत उनले निर्देशन दिए । गत बर्ष सो बस्तीका २२ जना विद्यार्थीलाई मेयर सुवेदी आफँै गएर विद्यालयमा भर्ना गराएका थिए । घर नभएका परिवारका लागि उनले जनता आवास कार्यक्रममा पहिलो चरणमा फुसको छाना हटाएर जस्ता पाता लगाउने उद्घोष पनि गरे ।
उनले छिटै जनाता आवास निर्माण गर्नेसमेत बताए । गरीबसँग नगरपालिका कार्यक्रममार्फत् दलित, मधेसी, आदिवासी, जनजाति, पिछडा, झाँगड बस्तीका बासिन्दालाई राहत पु¥याउने खालको कार्यक्रम ल्याउन लागिएको उनले बताए ।