इटहरीः इटहरी इन्टरनेसनल कलेजमा गायक दीपक बज्राचार्यको साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । कलेजमा भएको स्प्रिङ कार्निभल अन्तर्गत दीपक बज्राचार्यका साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिएका थिए ।
मङ्गलबार आयोजना भएको सो कार्यक्रममा इटहरी इन्टरनेसनल कलेजका साथै विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थीले पनि प्रस्तुति दिएका थिए । कार्निभलमा खानाका स्टल, विभिन्न खेल साथै साङ्गीतिक मनोरञ्जन लगायतका कार्यक्रम भएको थियो ।
गायक बज्राचार्यले गीत गाउँदा कलेजमा उपस्थित विद्यार्थी उनको गीतमा मज्जाले झुमेका थिए । उनले मन मगन..., मायाको डोरीले..., ओ अमिरा...लगायतका लोकप्रिय गीत गाएका थिए ।