विराटनगरः प्रदेश मन्त्रिपरिषद्ले २०७६ सालको प्रदेश पात्रो स्वीकृत गरेको छ । प्रदेश स्तरमा धार्मिक र सांस्कृतिक महत्वको बिदा थप्ने निर्णय गरेको छ ।

जनै पूर्णिमा, उँधौली पर्व, छठ र मुस्लिम समुदायको इदउल फित्रमा बिदा दिने निर्णय गरेको छ । अरु बिदा भने केन्द्रले पठाएका बिदालाई नै निरन्तरता दिइएको जनाइएको छ ।

सरकारले चैतबाटै प्रदेशभित्रका राजपत्र प्रदेशबाटै प्रकाशित गर्ने सम्पूर्ण व्यवस्था मिलएको र यसको काम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि बढाएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएका छन् । उनले छापाखाना स्थापना भइसकेको पनि बताए ।