झापाः ३ महिना अघिदेखि सञ्चालित निःशुल्क विद्युत जडान तालीम समापन भएको छ ।
बिर्तामोडमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापा अन्तर्गतको युवा सरोकार समिति तथा सीप विकास केन्द्र भद्रपुरको संयुक्त व्यवस्थापनमा शुरु भएको तीन महिने निःशुल्क विद्युत जडान तालीमको एक कार्यक्रमका बीच समापन गरिएको हो ।
एनएमसी झापाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख अतिथ्यता र सीप विकास केन्द्र भद्रपुरका प्रमुख शुभेन्द्र मण्डलको विशेष अतिथ्यतामा तालीम समापन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले तालीमका सहभागीले तालीममा सिकेका र बुझेका कुरा जीवनमा लागू गर्दै अघि बढ्न आग्रह गरे ।
२५ जनाको सहभागी भएको सो तालीममा खड्गनारायण राजवंशीले सहजीकरण गरेका थिए ।