विराटनगरः नेपाल पत्रकार महासंघ प्रदेश एक समितिकाे अाफ्नै भवन बन्ने भएकाे छ । अाज विराटनगर ५ काे चाँदनी चाैक नजिक भवनकाे शिलन्यास गरिएकाे छ । 

विराटनगर महानगरपालिकाले प्रदान गरेकाे एक कठ्ठा जमिनमा बन्ने अत्याधुनिक भवनकाे शिलन्यास महानगर प्रमुख भिम पराजुलीले गरेका छन् । महानगरले जग्गा उपलब्ध गराए पछि यस अघि भवन बनाउन प्रदेश सरकारले दिएकाे अार्थिक सहयाेगले मुर्त रूप लिएकाे महासंघका महासचिव विवेक गाैतमले जानकारी दिए । उनका अनुसार तीन तला हुने भवन १८ सय वर्ग फुटमा बन्नेछ । भवन बनाउन प्रदेश सरकारले ४० लाख बजेट छुट्याएकाे छ ।

पहिलाे तलामा व्यवसायिक याेजनासहितका सटर र पुस्तकालय हुनेछ । त्यस्तै दाेस्राे तलामा कार्यालय र बैठक कक्ष हुनेछ । 

तेस्राे तलामा भने ३ सय व्यक्ति अट्न सक्ने सभाहल हुनेछ । 

57274439_422857891878220_188384910644346880_n