इटहरी: नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले ३३ किलो सुनकाण्डका ठुला माछा कता हराए भन्दै प्रश्न गरेका छन् । जिपि फाउन्डेसन प्रदेश १ ले इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले गृहमन्त्रीले संसद्को रोस्टममै उभिएर साना माछा पक्राउ परेको र अब ठुला माछा पक्राउ पर्ने बताएको स्मरण गर्दै सरकार आफै भ्रष्टाचारमा डुबेको बताएका हुन् ।

‘अहिले गणतन्त्र आफै अप्ठ्यारो अवस्थामा छ । प्रेस स्वतन्त्रता छैन । मानवअधिकार, न्यायपालिका माथि प्रहार भइरहेको छ ।’ उनले भने, पशुपति शर्माले गाएको गीतले सरकार हल्लीले अवस्था आयो । देशमा सुशासन हराइरहेको छ । सम्पूर्ण अधिकार प्रधानमन्त्रीको हातमा राखेर गणतन्त्र र सङ्घीयता माथि प्रहार हुँदैछ ।’
उनले गणतन्त्र राष्ट्रपतिको फाइदाको लागि मात्र उपयोगी भएकोसमेत बताएका छन् उनले प्रश्न गरे – ‘के गणतन्त्र राष्ट्रपतिको लागी मात्र ल्याएको हो ?’ राष्ट्रपति सुबिधाभोगी बन्दै गएको र जनता अझ बढी समस्यामा झेल्दै गएकोले गणतन्त्र राष्ट्रपतिको फाइदाको लागी मात्र भएको तर्क गरेका हुन् ।

पार्टीको आन्तरीकबिषयमा लामो समय खर्चेका उनले महासमितिमा संसद् पुनःस्थापनको कुरा उल्लेख नहुनु धोका भएको बताए । अहिको पार्टी नेतृत्वले संसद् पुनःस्थापनलाई स्वीकार नगर्नु गम्भीर विषय भएको उनको भनाई छ ।

त्यसले काँग्रेसको भूमिका गिरिजाप्रसाद कोइरालाप्रतिको अपमान भएको उनले बताए । उनले प्रश्न गरे, ‘महासमिति ठुलो कि केन्द्रीय समिति ?’
देश सङ्कटमा भएकै बेला काँग्रेस आन्तरिक समस्यामा फसेको तर्क गरे । आफू राजनैनीतिक संस्कारमा हुर्कीको मान्छे भएको भन्दै उनले राजनीति गर्ने व्यक्तिमा संस्कार हुनुपर्ने धारणा राखे ।