बेलबारीः मोरङको बेलबारीमा ठाकुर समुदायले पूजा गर्ने बेनिरामको मन्दिर बन्ने भएको छ । श्री १०८ बाबा बेनिराम मन्दिर नेपालकै दोस्रो भएको ठाकुर समुदायको दाबी छ् ।

उक्त मन्दिरको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले मन्दिर उद्घाटन गरेका हुन् । ठाकुर समुदायले पूजा गर्ने बेनिरामको पहिलो मन्दिर नेपालमा काठमाडौंकोे स्वयम्भुमा निर्माण भएको छ । ‘कपाल काट्ने पेशमा हामी आबद्ध छौँ’, मन्दिर संरक्ष्ण समितिका अध्यक्ष अशोक ठाकुरले भने, ‘हामीलाई नपत्याएर कसैले जग्गानै नदिएपछि हाम्रा मन्दिरहरू बन्न सकेनन् । बेलबारी नगरपालिकाको सहयोगमा निर्माण भएको यो मन्दिर नै नेपालमै दोस्रो भएको छ ।’

beniram (2)