फाइल तस्बिर
दुहबीः सुनसरीको दुहबी–१० स्थित सिमरियाको चन्द्रवंशी टोलमा आगलागी हुँदा १ लाख ८ हजार ५ सय रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दुहबीले जानकारी दिएको छ ।
स्थानीय गणेश मण्डलको घरमा आगलागी हुँदा २ चौपायासहित गोठ र घर जलेर नष्ट भएको छ । आइतबार राती ११ बजे लागेको आगलागी १ घण्टामा निभाइएको प्रहरीले बताएको छ । आगलागी भएपछि इलाका प्रहरी कार्यालय दुहबीलाई खबर गरेको ४५ मिनेटपछि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणपछि दुहबीबाट दमकल आएको भन्दै गणेश मण्डलले आक्रोश पोखे ।