बेलबारीः मोरङको पथरीशनिश्चरे नगरपालिका–४ मगर टोलमा मङ्गलबार नहरमा डुबेर १ जना बालकको मृत्यु भएको छ ।

विमल मगरका १२ वर्षीय छोरा अभिषेक मगरको घर नजिकै रहेको नहरमा साथीहरूसँंग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृतक मगरको शव पोष्टमार्टमको लागि मङ्गलवारे अस्पताल उर्लाबारीमा राखिएको प्रहरीले जनाएको छ ।