धनकुटाः धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

वर्षासँगै परेको चट्याङले लागेर मङ्गलबार राती साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ वर्षीय लालमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जनाए ।