इटहरीः वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ ।कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक समेत रहेका पत्रकारकाे नर्भिक अस्पतालमा अाज ११ः५० काे समयमा निधन भएकाे हाे ।
उनि अग्रजमात्र नभइ नेपाली मनाेरञ्जन पत्रकारिताकाे व्यवसायिक रूपले शुरूवात गर्ने व्यक्तिकाे रूपमा परिचित छन् ।
श्रेष्ठको पार्थिव शरीरलाई आज साढे १२ बजेदेखि भूगोलपार्कस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
केही महिनाअघि नाकमा समस्या भएका कारण राजधानीको बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएकोमा त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रियापश्चात विभिन्न स्वास्थ्य समस्या देखा पर्दै आएको थियो ।