पथरीः नेपालबाट तेस्रो देश पुनर्वासमा गएका शरणार्थीको २२ लाख रुपैयाँको लगानीमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको भ्ुटानी शरणार्थी क्याम्पमा होम केयर सेन्टर बनेको छ ।

अमिर केयर कम्पनी अमेरिकाको समन्वयमा सो भवन निर्माण गरिएको छ । तेस्रो देश पुनर्वास हुनबाट विभिन्न कारणले रोकिएका अपाङ्ग, अशक्त, असहाय, बेसहराहरूका लागि दिनभरि मन भुलाउने थलोका रूपमा सो डे केयर रिक्रियसन सेन्टरको स्थापना गरिएको अमेरिकन हेल्थ केयर सर्भिसका प्रशासक गोपाल धितालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सूयर्माराज राईले भवनको उद्घाटन गरेका हुन् ।