बेलबारीः मोरङको सुन्दरहरैंचा–७ बेलगाछीमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने बेलगाछीमा कार्टुनभित्र पोको पारेको अवस्थामा कुकरजस्तो देखिने शङ्कास्पद वस्तु राखिएको स्थानीयले बताएका छन । सो वस्तु कुकर बम हुन सक्ने प्रहरीको अनुमान रहेको छ । नेकपा माओवादीको विप्लव समूहले बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सो समूहले आज आह्वान गरेको नेपाल बन्दलाई प्रभाव पार्न बम राखेको हुन सक्ने प्रहरीको भनाइ छ ।

bam belgachhi  (2) bam belgachhi  (1)