विराटनगरः मोरङको ग्रामथान गाउँपालिकाको वडा नम्बर १ लखन्तरीलाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
एक कार्यक्रमबीच बुधबार सङ्घीय सांसद अमनलाल मोदीले यो वडालाई बालविवाहमुक्त घोषणा गरे । वडा कार्यालय, नारी विकास सङ्घ र वल्र्ड भिजनको प्रयास तथा सहयोगमा लखन्तरीलाई बालविवाहमुक्त घोषणा गरिएको हो । सांसद मोदीले सानै उमेरमा गरिने विवाहका धेरै नकारात्मक असर हुने बताउँदै लखन्तरीले देखाएको यो साहस सह्रानीय भएको चर्चा गरे ।
कार्यक्रममा प्रदेश १ का सांसद विजय विश्वास, ग्रामथान गाउँपालिकाकी उपप्रमुख फूलकुमारी चौधरी, नारी विकास सङ्घकी अध्यक्ष सीता शर्मा, वल्र्ड भिजनका फिल्ड म्यानेजर विनय अमात्यलगायतले समाज परिवर्तनका लागि त्यहाँका स्थानीयहरूकै जागरुकता महत्पूर्ण हुनेमा जोड दिएका थिए । लखन्तरीमा विगत डेढ वर्षदेखि बाल विवाहविरुद्धको अभियान शुभारम्भ गरिएको थियो ।