विराटनगरः नेपालका लागि जापानी राजदूत मसामिची साइगोले प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्वाहाङसँग शिष्टाचार भेटघाट गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरमा भएको भेटघाटमा राजदूत साइगोले दुवै देशबीच सम्बन्ध विस्तारको लागि प्रदेश प्रमुखसँग आफूले भेटघाट गरेको उनले बताए । प्रदेश नम्बर १ ऊर्जाको लागि अत्यन्तै उपयुक्त स्थान रहेको तुम्वाहाङले त्यस अवसरमा जानकारी गराएका थिए । कृषि, पर्यटन र जलविद्युतको लागि पनि प्रचुर सम्भावना बोकेको प्रदेश १ विकासको गतिमा अघि बढिरहेको उनले बताए ।

राजदूत साइगोले नेपालको कृषि तथा खाद्यमा सहयोग गर्न जापान सरकार इच्छुक रहेको स्पष्ट गरे । हाल जापान बस्दै आएका ८६ हजार नेपाली मध्ये २० हजार विद्यार्थी रहेकोे जापानी राजदूतले जानकारी गराए । श्रम समझदारीपछि थप नेपालीलाई जापान पुग्ने बाटो खुलेको राजदूत साइगोको भनाइ थियो ।