एकातिर सुनसरी र अर्कोतिर उदयपुरको बीच भागमा रहेको श्रीलंका टापु सप्तकोशीको मूल प्रवाह र भंगालोले घेरिएको विशाल सम्म भूमि हो । यो टापु क्षेत्र सुनसरी र उदयपुरका ५ वटा वडामा फैलिएको छ । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ अनि उदयपुरको बेलका नगरपालिकाको २,३ र ९ नम्बर वडामा फैलिएको छ यो टापु ।
यो टापुमा हिउँदमा उदयपुर क्षेत्रबाट जसोतसो गाडी र पैदल गरेर पुग्न सकिन्छ । तर, सुनसरीतर्फ भने सप्तकोशीका जोखिमयुक्त डुङ्गा चढेर मात्रै बाहिरी दुनियाँसँग आउजाउ गर्न सकिन्छ ।
३ हजार परिवार र १० हजार बढी जनसङ्ख्या भएको यो टापु क्षेत्रमा राज्यको कुनै उपस्थिति छैन । छ त बर्खामा जमिन खाने कोशी र हिउँदमा बाली खाने हात्ती, बँदेल र जङ्गली जनावर ।
यही क्षेत्रलाई हेर्नुहोस् केही तस्बिरमाः