विराटचोकः सुन्दरहरैँचा नगरपालिकामा तीनवर्षमा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यसका कारण विकासमा बाधा पुुगेको स्थानीयको गुनासो छ ।
२०७३फागुन २७ गते हाजिर भएका शशि राई ०७३ चैत ८ गते नै सरुवा भए । चैत ९ गते हाजिर भएका भानुभक्त न्यौपाने ०७४ कात्तिक ४ गते सरुवा भए । कात्तिक ५ गते हाजिर भएका गणेशराज कार्की पनि फागुन १३ गते सरुवा भए । जनप्रतिनिधि आउँदा कार्की निमित्त कार्यकारी अधिकृत थिए । जनप्रतिनिधि आएपछि ०७४फागुन ११ गते जीवनप्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत भएर आए । सात महिना बित्न नपाउँदै उनी पनि सरुवा भए ।
०७५ असोज ६ मा आचार्यकोसरुवा भयो । त्यसपछि असोज १० गते राजेन्द्रप्रसाद भट्टराई आएको केही महिना नबित्दै सरुवा भए । उनीगएपछि जिल्ला समन्वय समितिका सचिव रवीन्द्र वस्तीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले । जिल्ला समन्वय समितिमै बसेर उनले सहयोग गरे ।
शुक्रबारदेखि सुन्दरहरैँचा नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । बेलबारी नगरपालिकबाट गणेशप्रसाद दाहाल आएका छन् । यहाँ जनप्रतिनिधिको आगमनपछि आएका प्रमुख प्रशासकीय अधिकृतहरू विवादित हुने गरेका छन् । बेलबारी नगरपालिकाकामा १८ महिनासम्म रहँदा दाहालले उत्कृष्ट काम गरेका थिए । जनप्रतिनिधिबीचको विवादका कारण प्रमुख प्रशासकीय अधिकृतहरूनटिक्ने गरेको स्थानीयको बुझाइ छ ।
मेयर र उपमेयर फरक–फरक पार्टीबाट जितेकाले उनीहरूको विवादमा कर्मचारी पर्ने गरेका छन् । मेयरमा काङ्ग्रेसबाट शिवप्रसाद ढकालले जितेका छन् भने उपमेयर नेकपाकी धना तामाङ छिन् । नगर कार्यपालिकाभित्र नेकपासँग बहुमत छ । कार्यपालिका प्रमुख ढकाल भनेअल्पमतमा छन् । मेयरले एकलौटी पेलेको गुनासोसहित नेकपाबाट जितेका जनप्रतिनिधिहरूले दुईतिहाइ रहेको भन्दै विरोध गर्ने गर्छन् ।