विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश १ को प्रथम एकता अधिवेशन विराटनगरमा गरिने तय भएको छ ।
पार्टीको प्रदेश तदर्थ कमिटीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी अधिवेशन तयारीबारे जानकारी दिएको हो । यही वैशाख १५ र १६ गते हुन लागेको अधिवेशनमा १४ जिल्लाका ५ सय १६ प्रतिनिधि सहभागी हुनेसमितिका अध्यक्ष भूपेन्द्र नेम्बाङले बताए ।
उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका फोरमका अध्यक्षउपेन्द्र यादवले अधिवेशन उद्घाटन गर्नेछन् । नयाँ कार्यसमिति चयनगरिने सो अधिवेशनमा पार्टीलाई सशक्त एवम् सङ्गठित बनाउने गरी कार्यदिशा तय गरिने बताइएको छ । यही वैशाख २८ गतेदेखि तीन दिनसम्म जनकपुरमा पार्टीको प्रथम राष्ट्रिय एकता महाधिवेशन हुने तय गरिएको छ ।