विराटनगर । सामाजिक दिवसमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत जीवन विकास समाजले मोरङको कटहरी–४ जामुनगाछीकी ५८ वर्षीया एकल महिला जलेमुन खातुनका लागि घर बनाउन सुरु गरेको छ ।
समाजले सामाजिक दिवस साप्ताहिक कार्यक्रमअन्तर्गत गरीब वर्गका लागि घर बनाइदिने गरेको छ । .खातुनको ५ धुर जग्गामा जग हालिसकिएको छ भने वरिपरि पर्खाल उठाउने काम तीव्र गतिमा भइरहेको छ । २ लाख रुपैयाँको लागतमा सेन्टर बेरासहितको घर बनाइदिने समाजका वरिष्ठ प्रबन्धक दामोदर रेग्मीले बताए । सात जिल्लामा रहेकोसमाजले साप्ताहिकरूपमा आयोजना गरेको सामाजिक कार्यक्रमअन्तर्गत एक सयवटा घर निर्माण गरिदिएको रेग्मीले जानकारी दिए ।
समाजकी अधिकृत तुलसा काप्mलेले संस्थाले गरीब, विपन्न वर्गको उत्थान र जीविकोपार्जनका लागि काम गर्दै आएको बताइन् । घर निर्माण हुने भएपछि एकल महिला खातुनको मुहारमा खुशी छाएको छ । उनी छोरी–ज्वाइँकोमा बसिरहेकी छिन् ।