चतराः वराहक्षेत्रस्थित चतराधाममा वैशाख २४ गतेसम्म लाग्ने पिण्डेश्वर अर्धमहाकुम्भ मेलामा शनिबारदेखि जारी बृहद् शिवसाधनाका क्रममा भक्तजनहरूले नगरपरिक्रमा गरेका छन् ।

‘हत्या हिंसा त्यागौं, शान्तिको मार्ग पहिल्याऔं’ भन्ने मूल मन्त्रका साथ जारी शिवसाधनाका क्रममा वराहक्षेत्रस्थित औलिया बाबा गद्दी (मठ) बाट शुरु भएको ¥यालीले प्राचीन हरिद्वार, हनुमान मन्दिर, सूर्यचोक, जागृत चोक, बयरवन बजार, चतरा हुँदै औलिया मठको परिक्रमा गरेको अर्चनाबाबा धाम वराहक्षेत्रका अध्यक्ष विजय राईले जानकारी दिए ।

चतराधाममा जारी दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेलाका अवसरमा अर्चनाबाबा धाम वराहक्षेत्रले बृहत् धार्मिक ¥यालीको आयोजना गरेको हो । ¥यालीमा झण्डै ४ हजार भक्तजनले सहभागिता जनाएको अर्चनाबाबा धाम वराहक्षेत्रले जनाएको छ ।

पिण्डेश्वर अर्धनारीश्वरी सद्गुरु अर्चनाबाबाको सत्सङ्कल्पमा १०८ औं शिव साधनाअन्तर्गत ८५ औं शिव साधना चतराधामस्थित औलिया मठभित्र जारी छ । मङ्गलबारसम्म चल्ने शिवसाधनामा नेपालका विभिन्न जिल्लाका १० हजार भक्तजन सहभागी भएको अर्चनाबाबा धाम वराहक्षेत्रका वरिष्ठ सल्लाहकार महेश बज्राचार्यले जानकारी दिए । शिव साधनामा आदि जगद्गुरु ॐ बाबाले जीवन, जगत्, आत्मा, परमात्मा र गौमहिमासम्बन्धी अमृतमय प्रवचन दिइरहेको अर्चनाबाबा धामले जनाएको छ ।