ताप्लेजुङ: यस वर्षको स्वर्गीय aटिकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारबाट प्रदेश पोर्टलकर्मी सन्तोष पुर्कुटी सम्मानित एवम पुरस्कृत भएकाछन् । ताप्लेजुङमा रहेर पत्रकारिताका माध्ययमबाट आर्थिक, सामाजिक एवम समग्र विकासका लागि उल्लेखनिय योगदान गरेको भन्दै सोमबार एक कार्यक्रमकाबीच टिकाराम गौतम स्मृति प्रतिष्ठानले उहाँलाई सम्मान एवम पुरस्कार प्रदान गरेको हो ।

गौतमको स्मृतिमा स्थापित अक्षयकोषबाट हरेक वर्ष जिल्लामा कार्यरत एक जना उत्कृष्ठ पत्रकारलाई छनौट गरि प्रतिष्ठानले सम्मान एवम पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५ हजार ५ सय ५ रुपैँया रहेको छ । पत्रकार सन्तोष विगत ७ वर्षदेखि ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएकाछन् ।

रेडक्रस गलगायतका विभिन्न सामाजिक संघसस्थामा सकृय टिकाराम गौतमको २०६६ साल कार्तिकमा निधन भएको थियो । उहाँको सम्झनामा उहाँका परिवारजनले टिकाराम गौतम स्मृति प्रतिष्ठानको स्थानपना गरेकाहुन् ।