इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिका स्थित जनता बहुमुखी क्याम्पसले प्रदेश १ कै उत्कृष्ट क्याम्पस बनाउने योजना बनाएको छ। क्याम्पसको सभाहलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रदेशकै नमुना बहुमुखी क्याम्पस बनाउने बारे जानकारी गराइएकोहो । २०७५ मङ्सिरमा गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको क्याम्पस प्रमुख भोजराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हाल ११ कक्षा देखि स्नातकोत्तर सम्म पढाई हुने गरेकोछ । बिद्यार्थीलाई आवतजावतको लागी गाडीको सुबिधा लगायत छात्रवृत्तिको व्यवस्थाले विद्यार्थि लाई आर्थिक हिसाबमा सहायता दिने काम गरिरहेको उनले बताए । त्यसको अलावा सुबिधासम्पन्न पुस्तकालय भवन निर्माणको तयारी गरेको, नयाँ सुबिधाजन्य सेमिनारहल, नयाँ र आकर्षक कक्षा कोठा बनाउने देखी पत्रकारीताका विद्यार्थीको लागी रेकर्डिङ स्टुडियो बनाउने काम सुरु हुन लागेको प्रमुख श्रेष्ठले बताए ।

पत्रकारीता र सामाजिक कार्य जस्ता बिसयमा अध्ययन गर्ने विद्यार्थीको लागी प्रयोगशाला र नियमित अनुसन्धान भ्रमण गराउछौ । उनले भने, सबै कक्षामा कम्प्युटर तथा प्रोजेक्टर जडान गर्दैछौ साथै कानुन र बिज्ञान संकाय अध्यनको लागी पहल भइरहेकोछ । बैशाख १३ मा साधारणसभा सोहि पत्रकार सम्मेलनमा यहीँ बैशाख १३ गते साधारणसभा सम्पन्न हुने जानकारी गराएको छ ।

अघिल्लो व्यवस्थापन समितिको कार्यकाल सकिएकोले नयाँ कार्यसमिति चयनको लागी साधारणसभा हुन लागेको हो । सो सभामा लेखासमितिको प्रतिवेदन, क्याम्पसको वार्षिक प्रतिवेदन तथा बिधान संसोधन प्रस्ताव पेस हुने क्याम्पस प्रसासनले जनाएको छ ।