झापाः चट्याङ लागेर झापाको भद्रपुरमा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बिहान साढे २ बजेतिर भद्रपुर नगरपालिका—६ बस्ने भीम राजवंशीको चट्याङ लागेर मृत्यु भएको हो ।

सामान्य पानी परिरहेको अवस्थामा आफ्नै घरमा चट्याङ लागेर घाइते भएका राजवंशीको उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।