दुहबी: सुनसरीको दुहबीबाट कोचिला खबर दैनिक प्रकाशन हुन थालेको छ । सो पत्रिकाको आज विमोचन गरिएको छ । विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले समाज परिवर्तनका लागि यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले मुलुक समृद्धिका लागि सञ्चार जगतको भूमिका निकै महत्वपूर्ण रहने बताए । अध्यक्ष खड्काले समाज र समृद्ध राष्ट्र निमार्णका लागि सञ्चार जगत सशक्त हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा दुहबी नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष मेहदी हुसैन लगायतले पत्रिकाको सफलताको कामना गरेका थिए ।