बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ५ कसेनीमा कैलाशेश्वर धर्मशालाको उद्घाटन गरिएको छ ।

नगरपालिकाको ३ लाख ५० हजार रुपैयाँ तथा अन्य सङ्घ संस्था तथा व्यक्तिहरूको ९ लाख भन्दा बढी रुपैयाँको लागतमा निर्माण गरिएको धर्मशालाको एक कार्यक्रमका बीच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।

सो धर्मशालाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी नगरपालिकाले सबै जाति, धर्म संस्कारको संरक्षणका लागि सहयोग गरिरहेको बताएका छन् । १लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने समेसरबहादुर खत्री, १ लाख ४ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भीमलाल बस्नेत र १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने दातालाई पनि सो कार्यक्रममा सम्मान गरिएको थियो ।

सो धर्मशाला बनाउन आर्थिक सहयोग गर्ने अन्य दाता, जग्गा दाता र आजीवन सदस्यलाई पनि सम्मान गरिएको थियो ।