भोजपुरः भोजपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नं. ६ जरायोटारका ४७ वर्षीय अम्बरबहादुर राईको शनिबार साँझ करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
चौपायालाई काभ्रोको घाँस काट्न गएका राईलाई घाँस काट्ने क्रममा हिले भोजपुुर अन्तर्गतको ३३ केभीए प्रशारण लाइन सर्ट भई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।




















