इटहरीः लायन्स क्लब अफ इटहरी ग्रीनसिटीको २०१९–२० का लागि गोविन्द थापा अध्यक्ष चयन भएका छन् ।
नाम्जे भिलेज रिसोर्टमा भएको क्लबको साधारण सभाबाट थापा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, भविन खड्का प्रथम उपाध्यक्ष र अजय अधिकारी द्वितीय उपाध्यक्ष चयन भएका छन् । दिलीप पराजुली तृतीय उपाध्यक्ष छानिएका छन् ।
त्यस्तै, उमानाथ दाहाल सचिव तथा हेमा गुरुङ क्लब एड्मिनिस्टे«टर चयन भएका छन् । राजु खड्का कोषाध्यक्ष, राजेश खनाल सहसचिव तथा शान्ता थापा सह कोषाध्यक्ष चयन भएका छन् । माधव पौडेल क्लब सर्भिस चेयर पर्सन तथा दीपक पोख्रेल निर्देशक चयन भएका छन् ।