झापाः आगामी तीनवर्षे कार्यकालको नेतृत्व चयनका लागि भएको धुलाबारी खानेपानी उपभोक्ता समिति मेचीनगरको निर्वाचनबाट अजय घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् ।
लोकतान्त्रिक प्रगतिशील समूहका घिमिरेले १ हजार ५ सय ५४ मत पाउँदा उनका प्रतिष्पर्धी स्वतन्त्र उपभोक्ताहरूको साझा प्यानलका उम्मेद्वार चन्द्र खनालले ४ सय ९३ मत पाएका थिए ।
यसैगरी, उपाध्यक्षमा चेतराज विष्ट र सचिवमा कञ्चन तामाङ विजयी भएका छन् । सदस्यहरूमा धनकाजी खत्री, हिमालय आङदेम्बे, केशव दाहाल, कृष्ण अधिकारी, राजेश खड्का र लक्ष्मीप्रसाद उप्रेती विजयी भएका छन् । महिला सदस्यमा अम्बिका सङ्ग्रौला भण्डारी र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् ।
कुल ४ हजार १ सय ९९ मतदाता रहे पनि २ हजार ४ सय ६७ मत मात्र खसेको थियो । खसेको मतमध्ये १ सय १५ मत बदर भएको निर्वाचन संयोजक अशोककुमार पोख्रेलले बताए ।