तस्बिरः लक्ष्मण थापा
धरानः अखिल नेपाल ट्रेड युनियन महासङ्घ धरान उपमहानगर कमिटीले १ सय ३० औँ विश्व मजदुर दिवसको अवसर पारेर मङ्गलबार धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धरानको भानुचोकमा आयोजित रक्तदान कार्यक्रममा ४६ पिण्ट रगत सङ्कलन भएको छ ।

कार्यक्रममा बोल्दै महासङ्घको प्रदेश नम्बर १ अध्यक्ष टीका प्रसाईंले रक्तदानले सबै मानिस समान हुन् भन्ने सन्देश दिने बताए ।
देश निर्माणसँगै मानवीय सेवामा पनि मजदुर जुट्छन् भन्ने उदाहरण मजदुरहरूका यस्ता कार्यबाट देखिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा संसद उमिता बराइली विशेष अतिथि रहेकी थिइन् । रक्तदान कार्यक्रममा नेकपाका प्रदेश सदस्य मुक्साहाङ मेन्याङ्बो, साबिक नेकपा एमाले धरानका कार्यवाहक अध्यक्ष नारायणप्रसाद सुवेदी, साविक नेकपा माओवादीका नगर इञ्चार्ज चोत्लुङको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व महासङ्घका नगर अध्यक्ष भुपाल बिकले गरेका थिए भने सचिव लीलाबहादुर प्रधानले कार्यक्रम सञ्चालन गरेका थिए ।